सम्पर्क तथा प्रतिक्रियाको लागी

''कुनै सूचना जानकारी समाचार छन भने हाम्रो अधिकारीक फेसबुक पेज धौलागिरीको सेरोफेरोमा अथवा nepalmero655 @gmail.com पठाउनु हुन् अनुरोध गरिन्छ साथै बिज्ञापन कुनै प्रतिक्रियाहरु छन भने पनि सोहि ठेगानामा पठाउन सक्नुहुनेछ धन्यवाद सन्चालक दिनेस कार्की पर्बत!

16 Oct 2014

क्यान्सर अब अप्रेसन औसधी होइन फल खाए सन्चो हुन्छ !

अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।
यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।
यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।
एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ । (साइन्सअलर्ट.कम,अष्ट्रेलियाबाट)

No comments:

Post a Comment

प्रतिक्रिया दिनुहोस