सम्पर्क तथा प्रतिक्रियाको लागी

''कुनै सूचना जानकारी समाचार छन भने हाम्रो अधिकारीक फेसबुक पेज धौलागिरीको सेरोफेरोमा अथवा nepalmero655 @gmail.com पठाउनु हुन् अनुरोध गरिन्छ साथै बिज्ञापन कुनै प्रतिक्रियाहरु छन भने पनि सोहि ठेगानामा पठाउन सक्नुहुनेछ धन्यवाद सन्चालक दिनेस कार्की पर्बत!

1 Oct 2014

एकै परिबारका ४ जनाको हत्याको संकामा मृतक कै छोरो पक्राउ

लमजुङ, आश्विन १५ । लमजुङको भोटेओडार गाविसमा गएराति एकै परिवारका ४ जनाको हत्या गरिएको छ । भोटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित उनका दुई छोरी र एक नातीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिनारेग्मी घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो ।

हत्या कसले र किन गर्‍यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए ।

घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ ।

घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ ।

दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ - 

No comments:

Post a Comment

प्रतिक्रिया दिनुहोस