सम्पर्क तथा प्रतिक्रियाको लागी

''कुनै सूचना जानकारी समाचार छन भने हाम्रो अधिकारीक फेसबुक पेज धौलागिरीको सेरोफेरोमा अथवा nepalmero655 @gmail.com पठाउनु हुन् अनुरोध गरिन्छ साथै बिज्ञापन कुनै प्रतिक्रियाहरु छन भने पनि सोहि ठेगानामा पठाउन सक्नुहुनेछ धन्यवाद सन्चालक दिनेस कार्की पर्बत!

10 Oct 2014

के मरेपछि रमाउने आर्को संसार छ ? यहाँ त छ भन्दै छ विज्ञानले पनि आज !


एकजना क्लिनिकल्ली डेड व्यक्ति जसलाई पछि बचाइयो, तिनले कोठामा के के भएको थियो भने प्रष्टसँग वर्णन गरेका थिए ।
अहिलेसम्मकै सबैभन्दा ठूलो चिकित्सा अध्ययनले मृत्युपछि पनि जीवनको निरन्तालाई पुष्टि गर्ने वैज्ञानिक तथ्यहरू फेला परेको छ । ...
बेलायती अखबार दि इन्डिपेन्डेन्टको अनलाइनमा बुधबार दिइएको समाचार अनुसार, बेलायमा रहेको एउटा टिमले चार वर्षसम्म मुटुको धड्कन बन्द (कार्डियाक एरेष्ट) भएका विरामीहरूको अनुभवको विश्लेषण गर्नुका साथै त्यसमध्येका करिब ४० प्रतिशत जीवितहरूले उनीहरू ‘क्लिनिकल्ली डेड’ घोषित गरिएको समयमा एकै किसिमको ‘जागरुकता’ (अवेरनेस) रहेको बताएका छन् ।

विशेषज्ञहरूले अहिले मुटुको धड्कन रोकिएको २० देखि ३० सेकेन्डमा दिमागले पनि काम गर्न छोड्छ भन्ने विश्वास गर्छन् । एक पटक दिमाग रोकिएपछि यी कुनै पनि कुरामा जागरुकता बाँकी रहँदैन ।
तर, यो नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरूले विरामीहरूबाट यसपछिका तीन मिनेटसम्मको भरपर्दो अनुभव सुनेका छन् । उनीहरू फेरि बौरिएपछि एकएक घटनाको सम्झना गरेका छन् ।
अनुसन्धानका नेतृत्वकर्ता न्यूयोर्क स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक एवं साउथम्पटन युनिभर्सिटीका पूर्व अनुसन्धान फेलो डा. साम परनियाले मृत्यु नजिक पुगेकाहरूको अनुभवलाई हेलुसिनेटोरी (दिग्भ्रम पूर्ण) घटनाजस्तै भएको बताए ।
एक व्यक्तिले भने डाक्टर र नर्सले उसलाई बचाउन गरेका प्रयासहरूलाई ‘एकदमै भरपर्दो’ गरी सम्झेका थिए । र,तिनले आफूलाई ब्युँताउन उनीहरूले गरेको प्रयास कोठाको कुनामा बसेर अवलोकन गरिरहेको बताएका छन् ।
टेलिग्राफलाई प्रमाणका रूपमा दिइएका साउथम्टनका ५७ वर्षे सामाजिक कार्यकर्ताबारे डा. परिनियाले भने, ‘हामीलाई थाहा छ मुटु रोकिएपछि दिमागले काम गर्दैन ।’
‘तर, यो केसमा भने तीन मिनेटसम्म पनि जागरुकता रहेको देखिन्छ । ती व्यक्तिले बताएका सबै कुरा कोठामा भएका थिए, अर्को महत्वपूर्ण कुरा के भने कोठामा प्रत्येक तीन मिनेटमा बज्ने मेसिनको आवाज पनि उनले सुनेका थिए । यसले यो अनुभवलाई कति लम्व्याउने भनेर टाइम पनि राख्न सकिने भएको छ ।’
‘उनको अनुभव निकै विश्वसनीय पाइएको छ र उनले अनुभव गरेका सबै कुरा वास्तवमै भएका थिए ।’
डा. परिनियाको अध्ययनमा बेलायत, अमेरिका, अष्ट्रेलियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका २ हजार ६० विरामी संलग्न थिए र यो जर्नल रिससिटेसन छापिएको छ ।
बाँचेका मध्ये ४६ प्रतिशतले अनुभवलाई निकै धेरै सम्झन सकेका थिए । ९ प्रतिशतले परम्परागतरूपमा सुन्दै आएको मृत्यु निकटको अनुभव सुनाएका थिए भने दुई प्रतिशतले ‘देखेका’ र ‘सुनेका’ घटना एकदमै प्रष्ट थिए । यी भने शरीरबाट बाहिर बसेर अनुभव गरिएका कुरा थिए ।
डा. परिनियाले अनुसन्धानमा फेला परेका यी तथ्यहरूका आधारमा ‘मृत्युका अनुभवहरूको सम्झनाका आधारमा विना पूर्वाग्रह थप अनुसन्धान आवश्यक पर्ने’ बताए ।
अनुसन्धानबारे प्रकाशन गर्ने जर्नलका प्रधान सम्पादक डा. जेरी नोलनले भने, ‘यस्तो लोभलाग्दो विषयमा गरिएको अनुसन्धान पूरा गरेकोमा अनुसन्धाताहरूलाई बधाइ दिनु पर्छ र हाम्रो मृत्युपछि के हुन्छ भन्ने अनुसन्धानका निम्ति यसले ढोका खोल्नेछ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिनुहोस